दुई दिन ओरालो लागेको सुनको मूल्य बुधबार के भयो, चाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ? « Arthapath.com
११ चैत्र २०७७, बुधबार

दुई दिन ओरालो लागेको सुनको मूल्य बुधबार के भयो, चाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?



काठमाडौं । बुधबार छापावाल सुनको मूल्य स्थिर रहेर ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य पनि स्थिर रहेर ८६ हजार २५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ८६ हजार २५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ८६ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर पतितोला ८६ हजार २५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोरबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्