‘क्युआर कोड’ ले पर्स बोक्ने बानी हरायो, पशुपतिमा अफ्ठ्यारो पर्योः गभर्नर अधिकारी « Arthapath.com
११ चैत्र २०७७, बुधबार

‘क्युआर कोड’ ले पर्स बोक्ने बानी हरायो, पशुपतिमा अफ्ठ्यारो पर्योः गभर्नर अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोडले गर्दा पैसा बोक्ने बानि छुटेको बताएका छन् । विभिन्न स्थानमा क्यूआर कोड प्रयोग गरि भुक्तनी गर्ने बानिले पर्स बोक्न छाडेको उनले बताए । गभर्नर अधिकारी क्यूआर कोड उद्घाटन गर्नका लागि देशका विभिन्न स्थानमा पुग्ने गरेका छन् । जहाँ उनले उपभोग गर्छन त्यहाँ क्यूआर कोडको प्रयोगबाट नै भुक्तानी गर्ने गरेका छन् ।

तर, गभर्नर अधिकारीलाई पशुपतिनाथ मन्दिरमा भने अलि गाह्रो पर्यो । किनभने पशुपतिमा जाँदा उनले पर्स नै बोकेका थिएन । क्यूआर कोडले गर्दा पर्स बोक्ने बानि नै छुटेको उनले बताए । पछिल्लो समय सबै क्षेत्रमा प्रविधि मैत्री बनाउने अधियान नै चलेको छ । उनले भने, “क्युआर कोडको प्रयोग र विस्तार दुई, अढाई महिनामा यो स्थितिमा पुग्ला भन्ने मैले सोचेको पनि थिइनँ । आज यो प्रविधि यो स्थितिमा आइपुगेको छ ।” प्रविधि चलाउन सहज अवस्था रहेको उनको भनाई छ ।

“मैले सिन्धुली मन्दिरमा पुगेर पनि क्युआर कोड चलाएँ । बाटोमा जाँदा कैयौँ होटेल, रेस्टुरेन्टमा क्युआर नै प्रयोग गरेँ । तर, मलाई पशुपतिमा अप्ठ्यारो भयो । त्यहाँ उद्घाटन गर्न जाँदा असहाय, दीन–दुःखीलाई पैसा दिनुपर्ने, क्युआर कोडका कारण पर्स बोक्ने बानी नै हरायो । पर्स नै छैन, पैसा बोक्ने बानी नै छैन, अब कसरी नगद दिने ?” उनले भने, “सहयोगापेक्षीको पहुँच विद्युतीय भुक्तानी ग्रहणमा छैन, मसित नगद छैन । मलाई प्रविधिले यो अवस्थासम्म पुर्यायो । म आफैँ पुगेको हैन, प्रविधिले पुर्यायो । परिवर्तन यसरी नै आउने हो । यो प्रविधिको विशेषता एकदमै अनौठो छ ।”


प्रतिक्रिया दिनुहोस्