नेपाल एसबिआई बैंक र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता « Arthapath.com
११ चैत्र २०७७, बुधबार

नेपाल एसबिआई बैंक र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता



काठमाडौं । नेपाल एसबिआई बैंक र सिद्धार्र्थ विजनेस ग्रुप अफ हस्पिटालिटीबीच नेपाल एसबिआई बैंकका सम्पुर्ण भिसा डेबिट कार्ड बाहक ग्राहकहरुलाई लक्षित गरी उक्त ग्रुपका १९ आउटलेटमा कार्ड प्रयोग बापत विभिन्न सेवामा केहि प्रतिशत प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मो. रिजवान आलम तथा सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटी का निर्देशक प्रभाकर खड्काबीच सम्पन्न भएको छ । उक्त कार्यक्रममा बैंकका सल्लाहकार छपि राज पन्त तथा व्यवसाय प्रबर्धन शाखाका प्रविन मुनी बज्राचार्यको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्