सिद्धार्थ इन्स्योरेन्सको १५.७८ प्रतिशत लाभांश घोषणा « Arthapath.com
१२ चैत्र २०७७, बिहीबार

सिद्धार्थ इन्स्योरेन्सको १५.७८ प्रतिशत लाभांश घोषणा



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले १५.७८ प्रतिशत लाभांश घोषणा गरेको छ । चैत्र ११ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ सहित ३.७८ प्रतिशत नगद लाभांश गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश वितरण गरिनेछ । हाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ । १२ करोड रुपैयाँ बराबरको बोनस शेयर जारी गरेपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब १२ करोड रुपैयाँ पुग्नेछ ।

605c13b2e24ae.jpg


प्रतिक्रिया दिनुहोस्