नक्कली डिम्याट खाता खोली कारोबार गर्नेलाई साढे ३ करोड जरिवाना « Arthapath.com
१२ चैत्र २०७७, बिहीबार

नक्कली डिम्याट खाता खोली कारोबार गर्नेलाई साढे ३ करोड जरिवाना



काठमाडौं । नेपालमा एकैजनाले ५० भन्दा बढी डिम्याट खाता बनाएर सेयर खरिद गर्ने गरेको पाइएको भन्दै सिडिएससीले केही समय पहिले तथ्य सार्वजनिक गर्यो । मृत्यु भइसकेका व्यक्तिका नाममा समेत सेयर खरिद गरेको पाइएको भन्दै त्यसलाई रोक्न नयाँ सफ्टवेयर ल्याउने तयारी गरिरहेको छ । एक प्राकृतिक व्यक्तिको नाममा मात्रै हुने कारोबारमा विकृति देखिएको भन्दै सिडएससीले कारबाहीसहितको तयारी गरिरहेको बेला नेपालका लागि समेत सावधान जानकारी राख्न मिल्ने भारतमा एउटा घटना सार्वजनिक भएको छ । फर्जी कागजात प्रयोग गरेर सेयर कारोबार गर्दा वा गराउँदा के कस्तो कारबाही हुनसक्छ भन्ने बारेमा नेपाल र नेपालीका लागि समेत उक्त घटना जानकारी लिन मिल्ने वा जनचेतनाका लागि योग्य हुनसक्ने देखिएको छ ।

भारतमा हालैमात्र फर्जी कागजात पेश गरेर सेयर हड्पने खेल भएको पाइएको छ । स्थानीय प्रशासनले ८ जनालाई सेयर कारोबारमा रोक लगाएको छ । यस्तै, २ कुरोड २२ लाख भारु बराबरको रकम फिर्ता गर्न आदेश पनि दिएको छ । त्यस्तै २६ डिपोजिटरीको कारवाही गर्न आदेश पनि दिइएको छ । बन्द भएका खाता प्रयोग गरेर सेयर कारोबारको खेल गरिएको थियो । त्यसमा कूल १४ वटा सूचीकृत कम्पनीको सेयरमात्रै ४ करोड ६० लाख भारु बराबरको धोकाघडी गरिएको थियो । कूल २६ वटा डिम्याट खातामा एकैखालको फोटो, नाम तथा प्यान कार्डको प्रयोग गरिएको पाइएको छ । सबै खातामा ४ देखि ५ वटा मोबाइल नम्बर प्रयोग गरिएको थियो । सेयर बिक्री गरेर पैसा अर्को खातामा जम्मा गर्ने गरिएको पाइएको छ । त्यहाँ चेक वा एटीएमबाट पैसा निकाल्ने गरिएको अनुसन्धानबाट खुलेको छ ।

स्थानीय नियमकारी प्रशासनले आशिका क्यापिटललाई आगामी ३ महिनासम्म नयाँ ग्राहक बनाउन प्रतिबन्ध लगाइएको छ । सेयर बजारको नियमकले हालसम्मकै ठूलो कारवाही भएको जनाएको छ । सेयरमा गलत खेल गरेको आरोपमा ८ जनालाई कारबाही गरिएको छ । नियमकले कारबाहीको सम्पूर्ण विवरण ८९ पेज लामो तयार पारेको छ । नियमले अरविन्द गोयलको सेयर बजारमा खरिद गरेको वा बिक्री गरेको तथा सामूहिक लगानी कोषमा सिधैँ वा कुनै न कुनैरुपमा गरेको लगानी समेत प्रतिबन्ध लगाएको छ । सेक्युरिटी बजारमा कुनै पनि प्रकारको कारोबार गर्न २ वर्षका लागि प्रतिबन्ध लगाइएको छ । यस्तै, सामूहिक लगानी कोष तथा अन्य सेयरमा गरिएको लगानीसमेत जफत गरिएको छ । गलत कारोबारबाट प्राप्त भएको २ करोड २२ लाख भारु बराबरको रकम ४५ दिनभित्र जम्मा गर्नसमेत आदेश दिइएको छ । उक्त रकमको वार्षिक १२ प्रतिशतको दरमा व्याज भुक्तानी गर्न भनिएको छ ।

यी सबै पैसा लगानीकर्ता सुरक्षा एवम् जनचेतनाका लागि तयार पारिएको कोषमा जम्मा हुनेछ । सो मामिलामा संलग्न भएको आरोपमा अभय जावलेकर, यतीन पारेख, मनीष राठी, धमेन्द्र भजक, रमेश डागा, जिग्नेश जैन, कौशिक सोलंकीलाई समेत सेयर कारोबारलाई एक वर्ष प्रतिबन्ध लगाइएको छ । विवरणअनुसार उनीहरूले १४ वटा सूचीकृत कम्पनीको ३ करोड ५६ लाख बराबरको सेयर २६ जनाको नाममा खरिद गरेका थिए । ती सेयरको बजार मूल्य ४ करोड ६० लाख भारु बराबरको रहेको छ । फर्जी नाममा गरिएको कारोबार गरेर उनीहरूले ठगीधन्दा चलाएका थिए । उनीहरूले सबै सेयर कारोबारबाट आएको पैसा बढीमा ३ भित्र निकाल्ने गरेको पाइएको छ । यस्तै, एटीएमबाट भने एक सातामा पैसा निकाल्ने गरेका विवरणमा उल्लेख छ ।

भारतको धितोपत्र कारोबारसम्बन्धी नियमकले एन्जल ब्रोकिङमाथि छानबिन गर्दा, उक्त तथ्य प्रमाािण्त भएको थियो । परीक्षणमा सबै विवरण गलत भएको पाइएपछि उनीहरू विरुद्ध कारबाही गरिएको हो ।सेयर बजार


प्रतिक्रिया दिनुहोस्