ज्योति लाइफको आइपीओमा ४४ हजार जनाको आवेदन रद्ध, १८ लाख ४२ हजारमध्ये ५ लाख ९४ हजारले १० कित्ता पाए « Arthapath.com
१३ चैत्र २०७७, शुक्रबार

ज्योति लाइफको आइपीओमा ४४ हजार जनाको आवेदन रद्ध, १८ लाख ४२ हजारमध्ये ५ लाख ९४ हजारले १० कित्ता पाए



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट गरिएको छ । आइपीओ निष्काशन तथा बिक्रि प्रबन्धक एनएमबि क्यापिटलका अनुसार शुक्रबार दिउँसो १ बजे ज्ञानेश्वर स्थित ज्योति लाइफ इन्स्योरेन्सको भवनमा आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीको आइपीओमा आवेदन दिएका आवेदककर्ताहरुमध्ये ४४ हजार ६ सय ४५ जनाको रद्ध गरिएको छ । कम्पनीको आइपीओमा १८ लाख ४२ हजार ४ सय ८० जनाको आवेदन परेकोमा १७ लाख ९७ हजार ८ सय ३५ जना मात्र योग्य रहेको पाइएको छ ।

योग्य कायम भएका १७ लाख ९७ हजार ८ सय ३५ जना आवेदकलाई गोलाप्रथाद्धारा बाँडफाँट गर्दा ५ लाख ९४ हजार लगानीकर्ताले मात्र १० कित्ताका दरले शेयर पाएका छन् । आवेदन दिएका मध्ये १२ लाख ४८ हजार आवेदक हात खाली भएको क्यापिलले जनाएको छ ।

ज्योति लाइफले फागुन २१ देखि फागुन २६ गतेसम्म आईपिओ निष्काशन गरेको थियो । कम्पनीले १०० अंकित दरका ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको हो । जसमा ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोषहरुलाई र ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र बाँकि रहेको ५९ लाख ४० हजार कित्ताको लागि छुट्याएको थियो ।


प्रतिक्रिया दिनुहोस्