ज्योति लाईफको आइपीओ अर्काे साता नेप्सेमा सूचीकृत गरिने, ओपनिङ रेञ्ज कति ? « Arthapath.com
१७ चैत्र २०७७, मंगलवार

ज्योति लाईफको आइपीओ अर्काे साता नेप्सेमा सूचीकृत गरिने, ओपनिङ रेञ्ज कति ?



काठमाडौं । ज्योति लाइफ इन्स्योरन्स कम्पनीको ओपनिङ्ग रेन्ज कति होला भनेर चासोको विषय बनेको छ । शुक्रबार आइपीओ बाँडफाँट सम्पन्न भएको कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत हुन बाँकि छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार ज्योति लाइफको सेयर सूचीकृत गर्नको लागी डकुमेन्ट तयार पारिरहेकाले अर्काे हप्ता मात्रै सूचीकृत गरिने जनाएको छ ।तर कुन बार सूचीकृत गरिन्छ त्यो भने एकिन हुन सकेको छैन ।

ज्योति लाईफको पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता १२० रुपैयाँ २९ पैसा र अधिकतम ३६० रुपैयाँ ८७ पैसासम्म ओपनिङ्ग रेञ्ज तोक्ने सम्भावना छ । ज्योति लाइफको आर्थिक वर्ष २०७६–०७७को अपरिष्कृत वित्तीय विवरण भएकोले प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ २९ पैसाको आधारमा रेञ्ज तय गर्ने सम्भावना छ । नेप्सेले न्यूनतम प्रतिसेयर नेटवर्थ र अधिकतम् प्रतिसेयरको तीन गुणा बढि सेयर मूल्य तोक्ने गर्दछ ।

कम्पनीको आइपीओमा आवेदन दिएका १८ लाख ४२ हजार ४ सय ८० जना आवेदककर्ताहरुमध्ये १७ लाख ९७ हजार ८ सय ३५ जना मात्र योग्य रहेको थिए । योग्य कायम भएका १७ लाख ९७ हजार ८ सय ३५ जना आवेदकलाई गोलाप्रथाद्धारा बाँडफाँट गर्दा ५ लाख ९४ हजार लगानीकर्ताले मात्र १० कित्ताका दरले शेयर पाएका छन् ।

ज्योति लाइफले फागुन २१ देखि फागुन २६ गतेसम्म आईपिओ निष्काशन गरेको थियो । कम्पनीले १०० अंकित दरका ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको हो । जसमा ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोषहरुलाई र ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र बाँकि रहेको ५९ लाख ४० हजार कित्ताको लागि छुट्याएको थियो ।


प्रतिक्रिया दिनुहोस्