भोलीदेखि रु रु जलविद्युतको आईपीओ आउँदै, प्रिमियममा निष्काशन गर्ने भएकाले मूल्य कति ? « Arthapath.com
१९ चैत्र २०७७, बिहीबार

भोलीदेखि रु रु जलविद्युतको आईपीओ आउँदै, प्रिमियममा निष्काशन गर्ने भएकाले मूल्य कति ?



काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडको आईपीओ भोलि शुक्रबारदेखि निष्काशन खुला गरिने भएको छ । रु रु जलविद्युत परियोजना लिमिटेडले भोलि (चैत २० गते शुक्रबार) देखि आइपीओ निष्काशन गर्ने भएको हो । रु रु जलविद्युत परियोजना लिमिटेडले सर्वसाधारणका लागि चैत्र २० गतेदखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्काशन गर्न लागेको हो । जसमा २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता शेयर कर्मचारीका लागि, ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ ।

कम्पनीको आइपीओमा छिटोमा चैत २४ गते र ढिलोमा बैशाख ३ गतेसम्म आवेदन दिन सकिने छ । आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आइआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ । जसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।

हाल कम्पनीको चुक्ता पूँजी ३२ करोड ६१ लाख ६४ हजार ४०० रुपैयाँ रहेको छ । आईपीओ निष्काशनपश्चात चुक्ता पूँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्