दुई सातामा बाणिज्य बैंकहरुले ५० अर्ब रुपैयाँ कर्जा प्रवाह गरे « Arthapath.com
१९ चैत्र २०७७, बिहीबार

दुई सातामा बाणिज्य बैंकहरुले ५० अर्ब रुपैयाँ कर्जा प्रवाह गरे



काठमाडौं । दुई सातामा २७ बाणिज्य बैंकहरुले ५० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अघिल्लो साता २३ अर्ब र गत साता २७ अर्ब रुपैयाँ गरी कूल ५० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

कोरोना भाइरसले थलिएको मुलुकको अर्थतन्त्र चलायमान हुँदै गएपछि बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह बढाएका हुन् । अघिल्लो साता कुल कर्जा प्रवाह ३४ खर्ब ३५ अर्ब रहेकोमा गत शुक्रबारसम्म वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह ३४ खर्ब ६२ अर्ब रुपैयाँ रहेको छ ।

तर, कर्जा प्रवाहमा बैंकहरुले उल्लेख्य बृद्धि गरेपनि निक्षेप भने बढाउन सकेका छैनन् । अघिल्लो साता कुल निक्षेप संकलन १४ अर्ब रुपैयाँ रहेकोमा गत साता घटेर कुल १० अर्ब रुपैयाँ मात्र निक्षेप संकलन गरेका छन् । अघिल्लो साता निक्षेप संकलन कुल ३८ खर्ब ४० अर्ब रुपैयाँ रहेकोमा गत साता शुक्रबारसम्म निक्षेप संकलन ३८ खर्ब ५० अर्ब रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्