३ कम्पनीको हकप्रद शेयर पाइपलाइनमा, कुन कम्पनीले कति निष्काशन गर्ने ? « Arthapath.com
१९ चैत्र २०७७, बिहीबार

३ कम्पनीको हकप्रद शेयर पाइपलाइनमा, कुन कम्पनीले कति निष्काशन गर्ने ?



काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा हकप्रद शेयर निष्काशन तथा स्वीकृतिका लागि अरूण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र अपि पावर कम्पनी लिमिटेड पाइपलाइनमा छन् । तोकिएको समयमा चुक्ता पुँजी पुर्याउनका लागि उक्त कम्पनीहरूले हकप्रद शेयर निष्काशन गर्न लागेका हुन् ।

अरूण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न असोज २१ गते बुधबार सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीले ९९ करोड ८३ लाख २३ हजार २ सय रुपैयाँ बराबरको ९९ लाख ८३ हजार २ सय ३२ कित्ता हकप्रद निष्काशनको अनुमति मागेको हो । कम्पनीको उक्त हकप्रद शेयरमा निष्काशन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।

त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले १ः१.५० को अनुपातमा ३० करोड रूपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न पौष २६ गते, आइतबार सेबोनमा निवेदन पेश गरेको हो । त्यसैगरी, बैंकको उक्त हकप्रद शेयरमा निष्काशन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

त्यस्तै, अपि पावर कम्पनी लिमिटेडले पनि दोस्रो चरणको हकप्रद शेयर निष्काशन गर्न अनुमति माग्दै फागुन ९ गते, आइतबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेको छ । कम्पनीले १ बराबर ०.२९३८ को अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद निष्काशनको अनुमति मागेको हो । त्यसैगरी, कम्पनीको उक्त हकप्रद शेयरमा निष्काशन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्