सपोर्ट लघुवित्तको लाभांश बिनाको साधारण सभा आज हुँदै

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौँ वार्षिक साधारण सभा शुक्रबार हुँदै छ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौँ वार्षिक साधारण सभा आज (चैत २० गते शुक्रबार) होटल इस्टर्न प्यालेस, इटहरी–४ सुनसरीमा बिहान ९ बजेबाट सुरु हुने छ ।
सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण सहित वासलात, नाफा–नोक्सान हिसाब, सोहि अवधिको नगद प्रवाह विवरण, इक्वीटी भएको परिवर्तन सम्बन्धि विवरण र सम्बन्धित अनुसुचिहरुमाथि छलफल गरी पारित गरिनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०७७।०७८ को लागि लेखापरीक्षण गर्न लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ । संस्थाले यो वर्ष कुनै पनि लाभांश घोषणा गरेको छैन ।
सभामा प्रदेश ३ मा रहेको शाखा कार्यालय स्थानान्तरण, बन्द, बिक्री गरी प्रादेशिक रुपमा (१ नं. प्रदेश अन्तर्गत सम्पूर्ण जिल्ला कार्यक्षेत्र) कार्य गर्ने र सो कार्य सम्पन्न गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।
यसका साथै अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न पनि सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ लघुवित्तले चैत ६ गतेदेखि २० गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले चैत ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको सो सभामा सहभागिता जनाउन पाउने छन् ।