आर्थिक हिनामिना गरेको आरोपमा राष्ट्र बैंकमा कार्यरत कर्मचारी पक्राउ

काठमाडौं । नेपाल राष्ट्र बैंकमा कार्यरत शाखा अधिकृत सुष्मा रिजाल रेग्मीले तीन करोड रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेकी छिन् । जेष्ठ नागरिकको सम्पत्ति हिनामिना गरेको आरोपमा सरकारी वकिल कार्यालयमा जाहेरी परेकाले रेग्मीलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । अदालतबाट पक्राउ पुर्जी समेत आएकाले आइसकेको अवस्थामा उनीलाई पक्राउ गरिएको हो ।
भुपेन्द्रप्रसाद रिजालको नाममा माछापुच्छ्रे बैंकको खातामा रहेको रकम र लकरमा रहेको सुनचाँदी समेत अनधिकृत रुपमा निकालेको, सृजना फाइन्नास र अरनिको सहकारीमा भएको रकम झुक्याएर निकालेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।