प्रिमियर इन्स्योरेन्सको साधारण सभा आज हुँदै, ११.०५ प्रतिशत नगद लाभांश पारित गरिँदै « Arthapath.com
२३ चैत्र २०७७, सोमबार

प्रिमियर इन्स्योरेन्सको साधारण सभा आज हुँदै, ११.०५ प्रतिशत नगद लाभांश पारित गरिँदै



काठमाडौं । प्रिमियर इन्स्योरेन्सको २७ औं वार्षिक साधारण सभा आज हुँदै छ । प्रिमियर इन्स्योरेन्स कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले २७ औं वार्षिक साधारण सभा चैत २३ गते गर्ने निर्णय गरेको थियो । त्यसैले कम्पनीको सभा प्रिमियर भवन, नक्साल, काठमाडौंमा सोमबार आज बिहान ११ बजे हुँदै छ ।

सभामा हाल कायम चुक्ता पूँजीको ११.०५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने छ । त्यस्तै, सभामा लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६–०७७ को नाफा, नोक्सान, हिसाब, वासलात तथा नगद प्रवाह विवरण पारित गर्ने प्रस्ताव रहेको छ ।

त्यस्तै, सभामा आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने, कम्पनीको नियमावली संशोधन गर्ने लगायत प्रस्ताव पारित गरिँदै छ ।


प्रतिक्रिया दिनुहोस्