ज्योति लाइफको ओपनिङ रेञ्ज तोकियो, कहिले हुन्छ कारोबार ? « Arthapath.com
२३ चैत्र २०७७, सोमबार

ज्योति लाइफको ओपनिङ रेञ्ज तोकियो, कहिले हुन्छ कारोबार ?



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको सेयर नेपाल स्टक एक्स्चेञ्जमा बुधबारसम्म सूचीकरण गरिने भएको छ । ज्योति लाइफको सेयर सूचीकरणका लागि नेप्सेमा फाइल प्राप्त भइसकेकाले त्यसलाई हेरेर आजभोलि नै सेयर सूचीकरण गरिने जनाएको छ ।

नेप्सले कम्पनीको ओपनिङ रेञ्ज रु. १२०.२९ देखि रु. ३६०.८७ सम्मको तोकेको छ । कम्पनीको २ करोड २० लाख कित्ता सेयर नेप्सेमा सूचीकरण बुधबारसम्म हुने सम्भावना छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । कम्पनीको आर्थिक वर्ष २०७६–०७७ को प्रतिसेयर नेटवर्थ १३२ रूपैयाँ ९४ पैसा रहेको छ । सोही नेटवर्थको ३ गुणा ३९८ रुपैयाँ ८२ पैसा हुन्छ ।

कम्पनीले आइपीओ परेका सेयरधनिहरुको खातामा जम्मा गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्