मास्क नलगाउनेलाई १ सय रुपैयाँ जरिवाना « Arthapath.com
२३ चैत्र २०७७, सोमबार

मास्क नलगाउनेलाई १ सय रुपैयाँ जरिवाना



काठमाडौ । कोरोना संक्रमणको जोखिम बढेसंगै गृह मन्त्रालयले मास्क नलगाउनेलाईे १०० रुपैयाँ जरिवाना तिराउन निदेशन दिएको छ ।अब प्रहरीले गृह मन्त्रालयको निर्देशन अनुसार मास्क नलगाई हिँड्नेलाई जरिवाना स्वरुप १०० रुपैयाँ लिग्ने छ ।

पछिल्लो समयमा छिमेकि मुलुक भारत लगाएत अन्य देशमा कोरोना संक्रमण बढेसंगै नेपालमा पनि कोरोना संक्रमण हुनेको संख्या बढ्न थालेको छ ।

पहिलो चरणमा कोरोना भाइरस विरुद्ध मास्क लगाउनलाई सचेतना कार्यक्रम गर्ने र दोस्रो चरणमा जरिवाना तिराउने नियम लागु गर्ने प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्