साल्ट ट्रेडिङ्गको २५ प्रतिशत लाभांश घोषणा « Arthapath.com
२३ चैत्र २०७७, सोमबार

साल्ट ट्रेडिङ्गको २५ प्रतिशत लाभांश घोषणा



काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले २५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीको चैत्र २३ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई २० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ५ प्रतिशत नगद गरि कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।


प्रतिक्रिया दिनुहोस्