बीमा समितिको निर्देशनः अजोड इन्स्योरेन्स हकप्रद रद्द गर्दै « Arthapath.com
२४ चैत्र २०७७, मंगलवार

बीमा समितिको निर्देशनः अजोड इन्स्योरेन्स हकप्रद रद्द गर्दै



काठमाडौं । अजोड इन्स्योरेन्सको ५० प्रतिशत हकप्रद रद्द गर्न बीमा समितिलले निर्देशन दिएको छ । बीमा समितिले अजोड इन्स्योरेन्सलाई पत्र पठाउँदै हकप्रद निष्कासनको प्रस्ताव रद्द गर्न निर्देशन दिएको हो ।

बीमा समितिलाई थाहै नदिई अजोडले आफ्नो वार्षिक साधारणसभाको मुख्य प्रस्तावमा हकप्रद निष्कासनको एजेन्डा राखिएकाले रद्ध गर्न निर्देशन दिएको हो ।

अब अजोड इन्स्योरेन्सले बीमा समितिको निर्देशन प्राप्त गरेसँगै हकप्रद सेयर निष्काशन गर्न प्रस्ताव रद्ध गर्ने तयारी रहेको अजोड इन्स्योरेन्स स्रोतले बतायो । हकप्रदको अजेन्डा रद्द गरिएको जानकारी मंगलबार नै नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिने भएको छ ।

अजोडको इन्स्योरेन्स कम्पनीको सेयरमा भएको भनिएको इन्साइडर ट्रेडिङको छानबिन गर्न नियमक निकाय नेपाल धितोपत्र बोर्डले अनसुन्धान समिती बनाएको छ । यो बिषयमा सुक्ष्म अध्ययन गरेर तथ्य पत्ता लगाउनका लागि समितीको आवश्यकता देखि बोर्डका निर्देशकको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिती गठन गरिएको छ ।

606b1b2075435.jpg

अजोडले ५० प्रतिशत हकप्रद निष्कासनको अजेन्डासहित गत चैत १७ गते वार्षिक साधारणसभाको सूचना प्रकाशित गरेको थियो। तर अघिल्लो दिन नै अर्थात चैत १६ गते यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशत वृद्धि भई पोजेटिभ सर्किट लागेको थियो।


प्रतिक्रिया दिनुहोस्