“एनआईबिएल सहभागिता फण्ड” नामक खुलामुखी योजनामा लाभांश पुनः लगानी गर्न पाइने « Arthapath.com
२४ चैत्र २०७७, मंगलवार

“एनआईबिएल सहभागिता फण्ड” नामक खुलामुखी योजनामा लाभांश पुनः लगानी गर्न पाइने



काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले “एनआईबिएल सहभागिता फण्ड” नामक खुलामुखी योजना सार्वजनिक गरेको छ । कम्पनीको उक्त एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “एनआईबिएल सहभागिता फण्ड” नामक खुलामुखी योजनामा इकाईधनीहरुलाई लाभांश पुनः लगानी योजनामा सहभागि हुन आग्रह गरेको छ ।

इकाईधनीहरुले आफुले प्राप्त गर्ने लाभांश (कर तथा निर्धारित कारोबार शूल्क कट्टी पछि) बराबरको रकमबाट यसै योजनाका थप इकाईहरु खरिद गर्न सक्ने व्यवस्था मिलाएको छ । साथै चालु आर्थिक वर्ष वा आगामी आर्थिक वर्षहरुमा समेत वितरण गरिने लाभांशको दर्ता किताब बन्द हुने मितिका दिन सम्म लाभांश पुनः लगानी योजना अन्तर्गत नाम दर्ता गराउनु हुने इकाईधनीहरुको लागि मात्र यो सुविधा प्राप्त गर्न योग्य हुने जानकारी गरिएको छ ।

लाभांश पुन: लगानी योजनामा दर्ता गर्ने प्रकृया:

१) एनआईबिएल एस क्यापिटल लिमिटेडका सम्पूर्ण शाखाहरु तथा तोकिएका वितरकहरु मार्फत फाराम भरी योग्य इकाईधनीहरुले आफ्नो नाम दर्ता गराउन सक्ने छन् ।

२) योग्य इकाईधनीहरुले अनलाईन लिंक (Online Link) https://mutualfund.niblcapital.com/ मा गई लाभांश पुनः लगानी योजना दर्ता फाराम मार्फत आफ्नो सम्पूर्ण विवरण भरी नाम दर्ता गराउन सक्नेछन् ।

३) आफ्नो हितग्राहि खातामा रहेको ईमेल ठेगाना मार्फत निम्न बमोजिमको विवरण उल्लेख गरी उल्लेखित ठेगानामा ईमेल पठाउन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्