महालक्ष्मी विकास बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीबीचको सहकार्यमा महालक्ष्मी विकास बैंक लिमिटेड शाखा कार्यालय पालुङबाट विपन्नवर्ग तथा कृषि कर्जामा गरिएका साना कर्जा अन्तगर्तको लघु अमृत म्यादी बीमा योजनामा पर्न आएको मृत्यु हकदावी बीमा बापतको रकम ६ लाख ७ हजार ५ सय रुपैयाँ हकवालालाई हस्तान्तरण गरिएको छ ।
थाहा नगरपालिका १० का स्व. बिष्णु मगर र थाहा नगरपालिका १ निवासी स्व. देगु माया बलामीको मृत्यु हकदावी बीमा बापतको रकम बराबरको चेक क्रमशः ५ लाख २५ हजार रुपैयाँ हकवाला कल्पना घर्ती र ८२ हजार ५ सय हकवाला रविन बलामीलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारी र नायव प्रबन्धक जोनश शर्माद्धारा मृतकको निवासमा गई हस्तान्तरण गरिएको छ ।
उक्त कार्यक्रममा शाखा प्रबन्धक संगिता बज्राचार्यले कृषि तथा विपन्नवर्ग कर्जा अन्तगर्त लघु अमृत म्यादी बीमा योजना के हो र किन हो भन्ने कुरामा प्रष्ट पार्नुभएको छ । त्यसैगरि बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारी र नायव प्रबन्धक जोनश शर्माले स्थानिय कृषकहरुले सहुयित कर्जा तथा कृषि कर्जाका विषयमा उठाएका जिज्ञासाहरुलाई निराकरण पार्नुका साथै सहुलियत कर्जा आवश्यक ग्राहकहरुको हातमा पुर्याए मात्र गाँउको विकास हुने कुरा प्रष्ट पार्नुभएको छ । कार्यक्रममा स्थानिय बासिन्दा, जनप्रतिनिधि, पत्रकार तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको छ ।