लगानी कोषले ९ अर्ब ४५ करोड रुपैयाँ मुद्धती निक्षेपमा जम्मा गर्दै, सिलबन्दी प्रस्ताव पेश गर्न आह्वान « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

लगानी कोषले ९ अर्ब ४५ करोड रुपैयाँ मुद्धती निक्षेपमा जम्मा गर्दै, सिलबन्दी प्रस्ताव पेश गर्न आह्वान



काठमाडौं । नागरिक लगानी कोषले ९ अर्ब ४५ करोड रुपैयाँ बाणिज्य बैंकको मुद्धती निक्षेपमा जम्मा गर्ने भएको छ । नागरिक लगानी कोषले २ वर्ष अवधिको लागि ९ अर्ब ४५ करोड २५ लाख ९६ हजार रुपैयाँ बोलकबोल गर्न बाणिज्य बैंकहरुलाई आह्वान गरेको हो ।

इच्छुक बाणिज्य बैंकहरुले लिन चाहेको रकम, व्याजदर र व्याज भुक्तानी गर्ने समायावधी विवरण राख्नुपर्ने छ । इच्छुक बाणिज्य बैंकहरुले बैशाख २ गतेसम्ममा सिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको हो । मुद्दती निक्षेपको भुक्तानी म्याद आगामी बैशाख १० गते सकिनु अगावै कोषले बोलकबोल गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्