नेप्सेमा ५ करोड सेयर सूचीकृत, कुन कम्पनीको कति कित्ता ? « Arthapath.com
२९ चैत्र २०७७, आईतवार

नेप्सेमा ५ करोड सेयर सूचीकृत, कुन कम्पनीको कति कित्ता ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गत साता ७ कम्पनीको सेयर सूचीकृत गरिएको छ । गत साता नेप्सेमा ७ कम्पनीको ४ करोड ९५ लाख ४३ हजार ५७९.४० सेयर सूचीकृत गरिएको हो ।

नेप्सेमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको २ करोड २० लाख कित्ता (आईपीओ) सेयर सूचीकृत गरिएको छ । त्यस्तै, ङादी ग्रुप पावर लिमिटेडको ५ लाख ३५ हजार ५५४.८० कित्ता बोनस सेयर, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको ६ लाख १० हजार ९९८.७९ कित्ता बोनस सेयर, बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको १ लाख २७ हजार ५५७ कित्ता बोनस सेयर, सिद्धार्थ बैंक लिमिटेडको १ करोड १७ लाख ४५ हजार ३२०.५७ कित्ता बोनस सेयर, नेपाल बैंक लिमिटेडको १ करोड ३५ लाख ३९ हजार ३८४.२४ कित्ता बोनस सेयर तथा ३ लाख ४४ हजार ७६४ कित्ता हकप्रद सेयर र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमिटेडको ६ लाख ४० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्