ग्रीन डेभलपमेण्ट बैंकको साधारण सभा द्वारा ४ प्रतिशत लाभांश पारित « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

ग्रीन डेभलपमेण्ट बैंकको साधारण सभा द्वारा ४ प्रतिशत लाभांश पारित



काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंकको साधारण सभाले लाभांश पारित गरेको छ । बैंकको साधारण सभाले ३.८ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद गरी कूल ४ प्रतिशत लाभांश पारित गरिएको हो ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०७६–०७७ को वित्तीय विवरण पारित गरिएको छ । सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने २ जना संचालकहरु प्रकाश कुमार श्रेष्ठ र विश्व मोहन अधिकारी संचालक पदमा निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै, सभामा सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गर्ने सम्बन्धमा छलफल गरी पारित भएको छ ।


प्रतिक्रिया दिनुहोस्