पुँजी बृद्धिसँगै हाम्रो लाभांश दर अलिकति मात्रै घट्छ: रमण नेपाल « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

पुँजी बृद्धिसँगै हाम्रो लाभांश दर अलिकति मात्रै घट्छ: रमण नेपाल



रमण नेपाल प्रशासक नागरिक लगानी कोष

  • बोनसबाटै हामी पुँजी बृद्धि गछौं ।
  • राइट र एफपीओमा जाँदैनौ ।
  • हाम्रो मार्केट डिलरले अहिले नै ३० अर्बसम्म पुँजी परिचालन गर्न सक्छ ।
  • थोरै समयमा सेयर बजारबाट राम्रो मुनाफा बुक गर्न सक्यौं ।
  • नेपालकै पहिलो नागरिक स्टक डिलर स्थापना गरेर काम भयौं ।
  • कोषले नागरिक पेन्सन योजना सञ्चालनमा ल्याएका छौँ ।

तपाईं नागरिक लगानी कोषमा आएपछि के–के काम गर्नुभयो ?

म आएको २७–२८ महिना भयो । यो सवा दुई वर्षको अवधिमा पहिला भईरहेका कामलाई ब्यवस्थित गरिरहेका छौँ । त्यस्तै, नयाँ कम्प्यूटर सफ्टवेयर पूर्णरुपमा कार्यान्वयनमा ल्याएका छौँ । अर्काे भनेको सेवामैत्री भवन निर्माण अन्तिम चरणमा पुगेको छ । जुन म आएपछि नै सिलान्यास गरेको भवन हो । अर्काे नेपालको लागि पहिलो नागरिक स्टक डिलर स्थापना गर्न सफल भएका छौँ । स्वरोजगार, आफ्नो कुनै व्यवसाय गरिरहेका, वैदेशिक रोजगारमा रहेका ब्यक्तिहरूका लागि नागरिक पेन्सन योजना सञ्चालनमा ल्याएका छौँ । पहिलादेखि नै पेण्डिङमा रहेका नियमित कामहरूगरेका छौँ । यो दुई वर्षको अवधिमा ३ वटा वार्षिक साधारणसभा गरेका छौँ । अन्य नियमित रुपमा गरिने कामहरू हुन् ।

सीआईटीको पुँजी बृद्धि गराउनुभयो । तर, पुराना प्रमोटरहरू धमाधम सेयर बेचेर बाहिरिएका छन् नि ?

त्यो होइन । पुराना प्रमोटरहरूले सेयर बेचेर बाहिरिएभन्दा पनि जुन सेक्टरको प्रमोटरहरू हो, त्यही सेक्टरमा बस्ने हो । खासगरी सेयर किनबेच भनेको एउटा पब्लिक सेयर किनबेच भैरहेको छ, २० प्रतिशत जसको छ । २० प्रतिशत सेयर होल्डर हुनेहरू त्योचाहिँ आम–पब्लिकहरूमा छ । त्यो एकअर्कामा किनबेच हुने सेयर हो भने अर्काे सेयर किनबेच हुने भनेको बैंक तथा वित्तीय संस्थाको लागि छुट्याइएको १५ प्रतिशत हो । जुन सेयर हो त्योचाहिँ एउटा बैंक वा बीमा कम्पनीले बेच्यो भने अर्काे बैंक वा अर्काे बीमा कम्पनीले त्यही ग्रुप समूहभित्रमात्रै किनबेच हुने हो । उनीहरूले आफ्नो फाइनान्सियल पोजिशन हेरेर कुन बेलामा आफूले बेच्दाखेरि उपयुक्त हुन्छ वा नाफा गर्न सकिन्छ । त्यो हेरेर किनबेच गरिरहेका हुन्छन् । किन्ने नभए बिक्री हुँदैन । किन्नेले पनि नाफा गरिरहेको छु भनेर मात्रै किन्छ वा यति प्रतिशत डिभिडेण्ड दिन्छ, यो भयो भने म फाइदामा हुन्छु भनेर किनिरहेको हुन्छ । भनेपछि उनीहरूले आफ्नो वित्तीय अवस्थालाई सुदृढ बनाउन वा नाफा बुक गर्नका लागि किनबेच गरेको मात्रै हो । बाहिरीएका भएको होइनन् ।

जस्तो नेपाल बैंक, प्रिमियर इन्स्योरेन्स, एनआईसी एसियालगायतले बेचिरहेका छन् नि ?

नेपाल बैंकले बेचेपछि कसले किन्छ अर्काे बैंक तथा इन्स्योरेन्स कम्पनीले किन्छ । प्रिमियर इन्स्योरेन्सले बेच्नु भनेको अर्काे कुनै बैंक अथवा इन्स्योरेन्स कम्पनीले किन्छ । उनीहरूबीचमा मात्रै किनबेच हुने हो । बाहिर पब्लिकमा जाने वा अरुले किनेर बाहिरिने भन्ने होइन । उनीहरूलाई बोनस सेयर आयो वा हकप्रद आयो, आफ्नो प्रोफिट बुक गर्नुपर्यो । उनीहले आफ्नो वासलात राम्रो बनाउनका लागि एउटाले बेच्छ, अर्काेले किन्छ । त्यो सामान्य प्रक्रिया हो ।

त्यो पुँजी बृद्धि भयो भने लाभांश घट्छ है ?

रेगुलर आम्दानीबाट घट्छ । किनभने जति आम्दानी भैरहेको छ । पुँजी बृद्धि सँगै हाम्रो कारोबार पनि बृद्धि भइरहेको छ नि । त्यो कारोबार बृद्धि हुँदाखेरि जुन–जुन अनुपातमा पुँजी बृद्धि हुन्छ त्यो अनुपातमा लाभांश घट्ने भन्ने हुँदैन । अलिकति कम हुन सक्ला । म आउँदाखेरि सीआईटी ९० करोडको पुँजीको थियो अहिले ३ अर्बको पुर्याएका छौँ । ९० करोडलाई दिने जति प्रोफिट ३ अर्बलाई दिनेलाई अलिकति कम होला । तर कारोबार बढेसँगै हाम्रो मुनाफा पनि बढेको छ । त्यसैले २०–२२ प्रतिशत पहिला दिइरहेको थियो भने अबे १५–१६ प्रतिशत दिन सक्छौं । त्यति धेरै फरक आउँदैन ।

सीआईटीको वित्तीय अवस्थाअनुसार यसको सेयर मूल्य तल परेको हो ?

यसलाई बजारले मापन गर्ने हो । तल हो वा माथि हो, योचाहिँ हामीले भन्न सक्ने अवस्था होइन । किनभने मार्केटले सीआईटीको आम्दानी कति हो, यसको रिजर्भ कति हो, यसले कति लाभांश दिन सक्छ, यो संस्थाको लङ्टर्म अवस्था के रहन्छ भनेर उहाँहरूले एनालाइसिस गरेर किनबेच हुन्छ । केही साना लगानीकर्ताले नबुझेर अरुको लहलहैमा लागेर किनेको भए बेग्लै कुरा हो नभए धेरैजसो कुन संस्थाको वित्तीय अवस्था के छ त्यसको आधारमा वा उसले कति लाभांश दिन सक्छ, त्यसको आधारमा किनबेच हुने हो बजारमा । सेयर बजारमा मैले बुझे अनुसार कुनै बेला सेयर इन्डेक्स कम भएको हुन्छ भने कुनै समय बढेको हुन्छ । अहिले बढेको अवस्था हो । म आउँदा खेरि ११–१२ सयको इन्डेक्स थियो भने २५ सयको रेन्जमा गइरहेको छ । इन्डेक्सको आधारमा अरुको बढ्दा सीआइटीको पनि बढ्छ, अरुको घट्दा सीआईटीको पनि घट्छ । तर, लगानीकर्ताले कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्ने हो ।

सीआईटीले सेयर बजारमा कारोबार गर्दा बजारका खेलाडीहरूसँगको मिलेमतोमा गर्छ भन्छन् नि । पहिले खेलाडीहरूले किन्ने र पछि त्यही सेयर महँगोमा सीआईटीलाई सेयर भिडाउँछ भन्छ नि ?

मैले त्यस्तो विषय सुनेको छैन । सेयर किनबेच गर्दा हाम्रो आफ्नो एउटा लिमिट हुन्छ । त्यो लिमिटभित्र संस्थाको वित्तीय अवस्था एनालाइसिस गर्छाै, मार्केटमा त्यसको सेयरको सप्लाइ चेन र ट्रेन्ड कस्तो छ हेर्छाैं, त्यसपछिमात्रै हामीले किनबेच गर्ने हो । हामीले थोरै समयमा आफ्नो एक्सपर्टिजम् देखाएर राम्रा मुनाफाहरू बुक गर्न सकेका छौँ । यसरी बाहिरको ब्यक्तिहरूसँग मिलेमतो गर्ने, बाहिरको ब्यक्तिलाई फाइदा पुग्ने आदि इत्यादि गर्ने कुराहरू त सीआईटीबाट भएको छैन र हुँदैन पनि ।

बैंकहरूको तुलनामा सीआईटीको चुक्ता पुँजी विजनेशअनुसार कम भएन र ?

चुक्ता पुँजी कति आवश्यक हो, भन्ने हो । त्यसले रिस्क कति लिएको छ भन्ने कुरा हो । हाम्रो ऐनले के गरेको छ भने हामीले संकलन गरेको फण्डहरूको ग्यारेन्टी ऐनले स्वतः सरकारको हुने भन्ने छ । हामीले कलेक्सन गरेका जति पनि डिपोजिटहरू छन्, रिस्की डिपोजिट पनि छैन र हामीले लगानी गरेको सेक्टरहरू पनि रिस्की छैन । कमर्सियल बैंकहरूको त लोन प्रवाह गर्नुपर्ने हुन्छ, कतिपयको कोलाटर राम्रो नहुन सक्छ, कतिपयको विजनेश राम्रो नहुन सक्छ, कतिपय ग्यारेन्टीहरू, एलसीहरू अब्लिकेशन लिएको हुन्छ उनीहरूले । त्यो भैसकेपछि उनीहरूले बढी रिस्क लिएर काम गरेका हुन्छन् । हामीले त्यो लेभलको रिस्क लिएर काम गर्ने अवस्था हुँदैन । हाम्रो पुँजी जति निर्धारण गरेको छ अहिले चुक्ता पुँजी ३ अर्ब त्यो हाम्रो संस्थाको लागि अहिलेको अवस्थामा पर्याप्त छ, तर हामी विस्तारै पँुजी बढाउने नै हो । जारी पुँजी ८ अर्ब भएको हुनाले विस्तारै त्यो बाटोतिर पनि अगाडी बढ्छौं । तर, हामी आफ्नै कमाइबाट पु¥याउने कोशिस गर्छाैं ।

भनेको पब्लिकलाई थप सेयर दिने हो ?

राइट, एफपीओतिर हामी जाँदैनौं । विस्तारै हाम्रो क्षमताले रेगुलर बोनसबाटै बृद्धि गर्दै जानेछौँ । नागरिक स्टक डिलरले खासै राम्रो काम गर्न सकेन भन्छन नि ।

यसको ५ अर्बमात्रै पुँजीले सेयर बजारको ३५ खर्ब बढीको बजारलाई कसरी काम गर्न सक्ला र ?

हाम्रो बुझाईमा पनि यो पुँजी निकै कम हो । स्टक डिलरले कसरी काम गर्छ भनेर पुँजी बजारको लागि नयाँ अनुभव हो । हाम्रो नयाँ र पहिलो कम्पनी हो । यसले के गर्ने भनेरमात्रै ३९ कम्पनीको कारोबार गर्ने भनेर नेप्सेले छनौट गरेको छ । त्यसमा कतिपय राम्रा कम्पनी सहभागी भएनन् होला । अहिले हामीले आफ्नो चुक्ता पुँजीले मात्रै सेयर कारोबार गरेका छौं । आफ्नो चुक्ता पुँजीको ६ गुणासम्म उसले अरु फण्ड कलेक्सन गर्न पाउँछ । त्यो भने ५ अर्बको कम्पनीले ३० अर्बसम्मको अर्काे फण्ड बनाउन सक्छ । त्यसलाई म्युचूअल फण्ड पनि भन्न सकिएला । काम गर्दै जाँदा आवश्यकताअनुसार चुक्ता पुँजीले मात्रै काम गर्ने होइन कि उसले छुट्टै फण्ड बनाएर काम गर्न सक्छ । बजार पुँजीकरण ३५ खर्बभन्दा बढी छ । त्यसमा उसले रेगुलर गर्न सक्ने हो भने स्ट्याविलिस हुनसक्छ ।

मार्केट डिलर कम्पनीले सेयर किनबेच गर्ने कम्पनीमा एनटीसी पनि छ, तर मार्केट डिलरको प्रमोटरमा एनटीसी स्वयं आफैं छ, आफ्नो प्रमोटरको सेयर किनबेच गर्न पाउँछ त ?

त्योचाहिँ नेप्सेले कसरी दिएको छ मलाई ठ्याक्कै थाहा छैन । उनीहरूले कसरी एनालाइसिस गरे मैले जवाफ दिन मिलेन । तर, विभिन्न क्राइटेरिया राख्दा इलिजिवल त्यो भयो किन्ने नकिन्ने जिम्मा त्यहाँको म्यानेजमेन्टलाई हो नि । इलिजिवल भोलि गएर सीआईटी पनि होला । सीआईटी भयो भन्दैमा हाम्रो किन्छ नै भन्ने छैन नि । इलिजिवल यो–यो कम्पनी हो, इलिजिवलमध्ये कुन–कुन किन्ने, नकिन्ने त्यहाँको म्यानेजमेन्टले गर्ने कुरा हो ।

सीआईटीले सरकारी कर्मचारी बाहेक अरु पब्लिकलाई समेट्न नसकेको आरोप छ नि ?

त्यही आरोपलाई चिर्न हामीले नागरिक पेन्सन योजन सुरु गरेका हौं । कोभिडले गर्दा प्रचार–प्रसार हुन सकेको छैन । यो एउटा महत्वाकांक्षी कार्यक्रम हो ।

कसरी सहभागी हुने ?

यसमा जो पनि सहभागी हुन पाउँछन् । जस्तै तपाईंले म सहभागी हुन चाहान्छु भनेर आउनुभयो भने मासिक कम्तीमा ५ सय रुपैयाँमा बढीमा तपाईंको कमाइअनुसार जति पनि जम्मा गर्न सक्नुहुन्छ । मासिक गर्दिन त्रैमासिक, अर्धवार्षिक, वार्षिक गर्छु । तर, म त्यसमा सहभागी हुन्छु भन्नुहुन्छ भने त्यो पाउनुहुन्छ । लगातार १५ वर्ष तपाईंले रकम जम्मा गर्नुभयो र तपाईंको उमेर ६० वर्ष पुग्यो भने त्यो रकमले आर्जन गरेको ब्याज, त्यसमा दिएको प्रतिफल यी सबै जोडेर जति रकम जम्मा भएको हुन्छ, त्यसलाई १७० ले भाग गरेर तपाईंको आजीवनभरचाहिँ हामीले पेन्सन दिन्छौं । त्योव्यक्तिलाई भन्दा पनि फण्डलाई पेन्सन दिने होला । यदि पैसा बाँकी रह्यो भने तपाईंको परिवारले पाउँछ । कसैको २–४ वर्षमा दुर्घटना वा मृत्यु भयो र उनीहरूको पैसा बाँकी रहेको छ भने नजिकको हकवालालाई आधिकारिक प्रमाण हेरेर पैसा फिर्ता पनि गर्छाैं । नागरिकलगानी कोषले त्यसको सञ्चालन खर्चमात्रै लिन्छ, बाँकी पैसाबाट लगानी गरेर प्रतिफल सहभागीलाई नै दिने हो । बेरोजगारमा रहेका, उमेर छँदा बेस्सरी कमाउन सक्ने, उमेर ढल्केपछि कमाउन नसक्नेलाई टार्गेट गरेर जो सुकै पनि सहभागी हुन सक्ने गरी नागरिक पेन्सन योजना ल्याएका छौँ ।

यसमा कतिको आकर्षण छ ?

अहिले राम्रो आकर्षण छ । पर्वत फलेबास नगरपालिकासँग ८ सय विपन्न मजदूरहरू आवद्ध भइसकेका छन् । यसमा नगरपालिकाले राख्ने ५ सय र मजदूरहरू ५ सय गरी प्रतिमहिना एक हजार रुपैयाँ जम्मा हुने गरी सम्झौता गरेर आएको छु । त्यसैगरी, मेटलाइफको ६–७ सय अभिकर्ताको पैसा जम्मा भएको छ । यसरी विभिन्न निकायबाट इन्डिभिजूअल आउने छँदै छ, स्वतःस्फूर्त हामीजस्ता ब्यक्तिहरू आउने पनि छन् । संस्थागतरुपमा आउने प्रक्रिया बढेको छ । कोभिड नभएको भए धेरै संख्यामा अगाडि बढाउने थियौं । अरु फण्डमा सरकारी कर्मचारीमात्रै सहभागी हुन पाउने भए, तर यसमा सबै सहभागी हुन पाउँछन् ।

लगानी कोषले अन्य नयाँ स्किमको म्युचूअल फण्ड किन ल्याउन नसकेको ?

पहिला नल्याएको हो । अब नयाँ ल्याउँदैछौँ । एउटा हाम्रो म्युचूअल फण्ड छँदैछ । ओपन इन छ । त्यो निरन्तर चलिरहन्छ । २ अर्ब ८५ करोड रुपैयाँको फण्ड निरन्तर चलिरहेको छ । नयाँ एउटा क्लोजिङनेट फण्ड ल्याउने प्रक्रियामा छौँ ।

बैंकको ब्याजदर घट्दा कति घाटा हुन्छ ?

बैंकको ब्याजदर घटेको भरमा खासै हुँदैन, किनभने हाम्रो स्प्रेड हामीले हामीले दिने बयाजदर र हामीले लिने ब्याजदरको स्प्रेड भनेको १.२९ नै हो । हाम्रो सञ्चालन खर्च मितव्यी छ । यति धेरै मितब्ययी हिसाबले बैंक पनि चल्न सक्दैन ।


प्रतिक्रिया दिनुहोस्