एक्सेल डेभलपमेन्ट बैंकले ३० प्रतिशत हकप्रद निष्कासन गर्ने

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले ३०% हकप्रद जारी गर्ने भएको छ । बैंकले हाल कायम चुक्ता पुँजी १०ः३ को अनुपातमा १ सय रूपैयाँ अंकित दरमा ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो । बैंकले हाल कायम चुक्त पुँजीको २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ रुपैयाँ ४२ पैसा बराबरको २४ लाख ३३ हजार ३ सय ६३.६७४२ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
बैंकले गत असार १४ गते सम्पन्न १४ औँ वार्षिक साधारणसभाबाट हकप्रद निष्कासन एजेण्डा पारित गरेको थियो । प्रस्तावित लाभांश आगामी १५ औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि बैंकले कार्यान्वयनमा ल्याउने भएको हो ।
बैंकले हकप्रद सेयर निष्कासन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
