रोजगारीको खोजिमा हुनुहुन्छः ई–सेवाले माग्यो २६५ जना कर्मचारी, घरमा बसेर काम गर्न सकिने « Arthapath.com
३१ चैत्र २०७७, मंगलवार

रोजगारीको खोजिमा हुनुहुन्छः ई–सेवाले माग्यो २६५ जना कर्मचारी, घरमा बसेर काम गर्न सकिने



काठमाडौं । रोजगारीको खोजिमा हुनुहुन्छ भने ई–सेवाले ठूलो संख्यामा कर्मचारी मागेको छ । ई–सेवाले देशका विभिन्न १७ ठाउँमा बजार प्रतिनिधिको लागि २६५ जना कर्मचारी मागेको हो । कम्पनीले घरै बसेर आफ्नो अनुकुल समयमा काम गर्न सकिने जनाएको छ ।

ई–सेवाले काठमाडौँमा ५० जना, चितवनमा २० जना, धनगढीमा २० जना, हेटौडामा १० जना, राजविराजमा १० जना, बिर्तामोडमा १० जना, पोखरामा २० जना, बिराटनगरमा २० जना, दमकमा १० जना, बाग्लुंगमा ५ जना, दाङमा १० जना बिरगंजमा १० जना, बुटवलमा २० जना, नेपालगंजमा २० जना, धरानमा १० जना, लहानमा १० जना र सुर्खेतमा १० जना मागेको हो ।

ईच्छुक योग्यता पुगेकाले सूचना प्रकाशन भएको १० दिन भित्र आफ्नो बायोडाटासहित मेल गर्न आग्रह गरेको छ । एसईई वा एसएलसी उतिर्ण गरेकाले पनि आवेदन दिन पाउने भएका छन् ।


प्रतिक्रिया दिनुहोस्