नेप्सेमा ६ लाख ५६ हजार कित्ता हकप्रद र १ लाख ४१ हजार कित्ता बोनस सेयर सूचीकृत
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर सूचीकृत भएको छ । बैंकको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद सेयर सूचीकृत गरिएको हो ।
बैंकले १ः१ अर्थात एक कित्ता सेयर बराबर एकको अनुपातमा ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।
त्यस्तै, छ्याङ्दी हाईड्रो पावरको ५ प्रतिशत अर्थात १ लाख ४१ हजार ७५० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत गरिएको हो ।


















