बिशाल बजार कम्पनीको शेयर कारोबार फुकुवा, भोलिदेखि कारोबार हुने

काठमाडौं । बिशाल बजार कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा गरिएको छ । कम्पनीले कुनै पनि वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरु उपलब्ध नगराएको भन्दै गत माघ १८ गतेदेखि शेयर कारोबार रोक्का गरेको थियो ।
नेप्सेले कम्पनीलाई सचेत गराउँदै रोक्का रहेको धितोपत्र फुकवा गरेको हो । अब कम्पनीको शेयर कारोबार भोलि बिहीवारबाट खुला हुने छ ।
कम्पनीले आर्थिक वर्ष २०७३–०७४ देखि २०७६र७७ सम्मको लेखापरिक्षण हुन बाँकी र आर्थिक वर्ष २०७७–०७८ को पुस मसान्तसम्मको वित्तीय विवरणहरु नेप्सेलाई बुझाएपछि कारोबार फुकुवा गरेको हो ।