नेप्सेमा २ कम्पनीको ८ लाख कित्ता सेयर सूचीकृत, कुनको कति ? « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्सेमा २ कम्पनीको ८ लाख कित्ता सेयर सूचीकृत, कुनको कति ?



काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा छ्याङ्दी हाइड्रोपावर र नारायणी डेभलपमेन्ट बैंकको शेयर सूचीकृत भएको छ । बुधबार छ्याङ्दी हाइड्रोपावरको बोनस शेयर र नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर ७ लाख ९७ हजार ९ सय १९ कित्ता शेयर सूचीकृत भएको छ ।

छ्याङ्दी हाइड्रोपावरको १ लाख ४१ हजार ७५० कित्ता बोनस शेयर सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर वितरण गरेपश्चात नेप्सेमा सूचीकृत भएको हो ।

त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । बैंकले माघ १३ गते देखि फागुन ३ गतेसम्म चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्