बिशाल बजारको शेयर कारोबार आजदेखि हुने, विनियमावली २०७५ लाई अक्षरस पालना गर्न सचेत « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

बिशाल बजारको शेयर कारोबार आजदेखि हुने, विनियमावली २०७५ लाई अक्षरस पालना गर्न सचेत



काठमाडौं । बिशाल बजार कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा गरिएको छ । कम्पनीले कुनै पनि वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरु नेप्सेमा उपलब्ध नगराएको भन्दै गत माघ १८ गतेदेखि शेयर कारोबार रोक्का गरेको थियो ।

नेप्सेले कम्पनीलाई सचेत गराउँदै रोक्का रहेको धितोपत्र फुकवा गरेको हो । अब कम्पनीको शेयर कारोबार आज बिहीवारबाट खुला हुने छ । नेप्सेले कम्पनीलाई धितोपत्र सूचीकरण विनियमावली २०७५ लाई अक्षरस पालना गर्न सचेत गराउँदै कम्पनीको शेयरको दोस्रो बजारमा कारोबार फुकुवा गरिएको जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७३–०७४ देखि २०७६–०७७ सम्मको लेखापरिक्षण हुन बाँकी र आर्थिक वर्ष २०७७–०७८ को पुस मसान्तसम्मको वित्तीय विवरणहरु नेप्सेलाई बुझाएपछि कारोबार फुकुवा गरेको हो ।


प्रतिक्रिया दिनुहोस्