साताको अन्तिम दिन नेप्से दोहोरो अंकले बढ्यो, ६ अर्ब रुपैयाँको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.८० अंकले बढेको छ । साताको अन्तिम दिन बिहीबार दोहोरो अंकले बढेर २६४८ अंकमा बन्द भएको छ । बिहीबार २१४ कम्पनीको १ करोड ३० लाख ३२ हजार सेयर कित्ता किनबेच हुँदा ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार रुपैयाँको कारोबार भएको छ ।
बिहीबार लगानीकर्ता बजारमा रमाएका छन् । बिहीबार डेभलपमेन्ट बैंक ३८.१७, निर्जीवन बीमा ११४.९, बैंकिङ्ग ९.२२, फाइनान्स १.४१, माइक्रोफाइनान्स ५३.१९, जीवन बीमा ११४.०६, म्यानुफ्याक्चर तथा प्रो. समूहको ४७.२८, अन्य समूह २१.३१, इन्भेष्टमेण्ट समूह ०.१७ अंक, ब्यापार समूह ११.१२ र हाइड्रो पावर समूह ४.९८ अंकले बढेको छ भने होटल तथा पर्यटन ५२.९२ र म्युचुअल फण्ड ०.४५ अंकले घटेको छ ।

















