नागरिक लगानी कोष र नेशनल लाइफको शेयरमा आवेदन दिने आज अन्तिम दिन « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नागरिक लगानी कोष र नेशनल लाइफको शेयरमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र नागरिक लगानी कोषको संस्थापक सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । एनआइसी एसिया बैंकको आफ्नो स्वामित्वमा रहेको ९७ हजार ७०६ कित्ता संस्थापक सेयर (वैशाख ५ गते) बाट लिलामीमा बिक्री खुला गरेको हो । जसमा नेशनल लाइफ इन्स्योरेन्सको ४७ हजार ७०६ कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता सेयर रहेको छ ।

लगानीकर्ताले नागरिक लगानी कोषको सेयरको न्यूनतम १४ सय ५५ रुपैयाँ र नेशनल लाइफ इन्स्योरेन्सको न्यूनतम ४६३ रुपैयाँ मूल्य तोकिएको छ । कम्पनीको सेयरमा वैशाख २५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।

दुईवटै कम्पनीको लिलामी आवेदन एनआइसी एशिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्