कर्णालीमा ‘फ्लोर क्रस’ गरेका ४ सांसदलाई ओलीको डण्डा, ४ जनाको सांसद पद गयो

काठमाडौं । कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गरेका चार सांसदलाई नेकपा एमालेले कारवाही गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको महाधिवेशन आयोजक कमिटी बैठकले ४ सांसदलाई कारवाही गर्ने निर्णय गरेको हो । नेकपा एमालेले पार्टी र सांसद पदबाट हटाउने निर्णय गरेको हो ।
गत साता नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासका मत दिएका सांसदहरू प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले विश्वासको मत दिएका थिए । पार्टीको ह्विप विरद्ध ४ जना सांसदहरुले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका थिए ।