सिंगटी हाइड्रोको १ करोड ४५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ सूचीकृत गरिएको छ । सिंगटी हाइड्रो इनर्जीको १ करोड ४५ लाख कित्ता सर्वसाधारण शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको शेयर भोलि बुधबारदेखि कारोबारमा आउने छ । नेप्सेले कम्पनीको शेयरलाई न्युनतम १०० रुपैयाँ देखि ३०० रुपैयाँसम्म ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस अनुसार बुधबार पहिलो कारोबार हुनेछ । कम्पनीले शेयरलाई नेप्सेले एसएचईएल (SHEL) कारोबार संकेत प्रदान गरेको छ ।



















