लुम्बिनीमा दिनभर राजनीतिक तनाव, शंकर पाेखरेल पुनः मुख्यमन्त्री, माकेद्वारा दाबी प्रस्तुत « Arthapath.com
१९ बैशाख २०७८, आईतवार

लुम्बिनीमा दिनभर राजनीतिक तनाव, शंकर पाेखरेल पुनः मुख्यमन्त्री, माकेद्वारा दाबी प्रस्तुत



काठमाडाैं । लुम्बिनी प्रदेश सरकारका लागि आइतवारको दिन निकै रोमाञ्चक रह्यो । आइतवार मुख्यमन्त्री शंकर पोखरेलमाथि अविस्वासको प्रस्तावमा मतदान हुने भएपछि पोखरेलले आज विहानै राजिनामा बुझाए । उनको राजिनामा स्वीकृत भएलगत्तै प्रदेश प्रमुखले पोखरेललाई नै पुनः मुख्य मन्त्री नियुक्त गरे ।

तर यसबीचमा कपिलबस्तु क्षेत्र नम्बर १ (क)बाट निर्वाचित एमाले सांसद दुगनारायण पाण्डेले सांसद पदबाटै राजिनामा दिए । विमला केसीले यसअघि नै आफू नेकपाको विभाजनपछि माओवादी केन्द्रमा प्रवेश गर्न चाहेको भन्दै निवेदन दिइसकेकी थिइन् । उनी माओवादीमा गएपछि पोखरेल अल्पमतमा परेका थिए ।

प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई पुनः मुख्यमन्त्रीमा नियुक्त गरेपछि माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ जना प्रदेश सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा आफ्नो दाबेबारी प्रस्तुत गरेको छ ।

हेर्नुस् केही तस्वीरः

मुख्यमन्त्री पाेखरेलकाे राजिनामा स्वीकृत गरेकाे पत्र ।
पाेखरेललाइ पुनः मुख्यमन्त्रीमा नियुक्त गरेकाे पत्र ।
दुगनारायण पाण्डेले सांसद पदबाट राजिनामा दिएकाे पत्र ।
प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवलाई ४२ जना सांसदको हस्ताक्षेरसहित मुख्यमन्त्रीमा आफ्नो दाबी पेश गर्दै माओवादी नेता कुलप्रसाद केसी ।
कुलप्रसाद केसीले पेश गरेकाे दाबी पत्र (१)
कुलप्रसाद केसीले प्रस्तुत गरेकाे दाबीपत्र (२)
मुख्यमन्त्री पाेखरेलसँग असन्तुष्ट भएर कुलप्रसाद केसीलाइ मुख्यमन्त्रीमा समर्थन गरेका एमाले सांसद द्वय कपिलवस्तु–२ (ख) का धर्मबहादुर लाल श्रीवास्तव र पश्चिम नवलपरासी (ख) का अजय शाही ।
गत चैत १७ गते बसेकाे एमाले संसदीय दलकाे बैठककाे माइन्युट (१)
गत चैत १७ गते बसेकाे एमाले संसदीय दलकाे बैठककाे माइन्युट (२)
नवनियुक्त मुख्यमन्त्री पाेखरेलकाे सपथ राेक्न दबाब दिँदै प्रदेश प्रमुखकाे कार्यालयबाहिर धर्ना दिँदै विपक्षी गठबन्धनका माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका सांसदहरू ।

Tags :

प्रतिक्रिया दिनुहोस्