कोरोना भाइरसबाट कसरी बच्ने ? « Arthapath.com
२५ बैशाख २०७८, शनिबार

कोरोना भाइरसबाट कसरी बच्ने ?



फूर्पा तमाङ

(क) जीवन रहे फेरि पनि रम्न पाइन्छ ः

संसारमा सबैभन्दा ठूलो प्राण हो । जब प्राण जान्छ, तब सबै कुरा सिद्दिन्छ । केहीपनि रहन्न । धन, दौलत, माया, प्रेम, परिवार, साथीभाइ, दुनियाँ केही रहन्न । मान, सम्मान, पद, पैसा, रिस, डाहा, ईष्र्या आदिइत्यादिउसको प्राणसंगै समाप्तभएर जान्छ । त्यसकारण प्राण जोगाउनु सबैभन्दा ठूलो कुरा हो । अरु सबै फगत । अतः यो सोचौं कि, जीवन रहे फेरि पनि रम्न पाइन्छ । रमाइलो गर्न पाइन्छ । मरेपछि त सबै सिद्दिन्छ । त्यसकारण पनियतिखेर कोरोनामहामारी फैलिदो छ । स्वास्थ्य मापदण्डको पूर्णरुपले पालना गरेर आफू कसरी बच्ने र अरुलाई कसरी बचाउने भन्ने मात्र सोच्नुपर्छ ।

(ख) मानवश्रेष्ठ प्राणी हो ः
तमाङ भाषामा उखान वा भनाई छ—“म्हीली क्षेम्बो अर्थात मान्छेको जूनी सबैभन्दाश्रेष्ठ हो ।” नेपाली भाषामा पनि त्यस्तै रहेको पाइन्छ—“मानिस सामाजिक र सर्वश्रेष्ठ प्राणी हो ।” कतिमहान रहेछन् मानव। सृष्टिमा यति धेरै प्राणी छन्, तीमध्ये मानवलाई श्रेष्ठ प्राणी ठम्याउनु के ठूलो कुरा होइन ? मानव सभ्यताको क्रममा अन्य प्राणीहरु भन्दा मानवले विवेकपूर्ण ढंगले निर्णय गर्ने र सोही अनुसारको व्यवहार देखाउने भएकैले यस्तो भनिएको हुनुपर्छ ।

ग) कोरोना भाइरस मानिसले मात्र सार्ने रोग ः
पहिलो कुरो कोरोनाबाट जोगिनको लागि मानिसबाट जोगिनुपर्छ । यो कुरा पुष्टि भइसकेको छ । कोरोनाको भाइरस मान्छेले मान्छेलाई नै सार्ने हो । मान्छेसंग नभेट्दा यो रोग लाग्दैन । रोग सर्दैन । त्यसैले कम्तिमा १० देखि १४ दिनसम्म घरमै बसौं । हाम्रो अमूल्यजिन्दगीलाईहामीले नै माया गरौं । अकालमाज्यान जानुबाट आफैंले जोगाऔं ।

) हामीकहिले चेत्ने ?
०७२ सालको भूकम्पले धनजनको ठूलो क्षति गरेको थियो । कारण अग्ला, गुणस्तरहीन सामाग्रीप्रयोग, प्राविधिकको सल्लाहविना र कानूनको पालनानगरी घर बनाउनु। तर, त्यसपछि पनि भवन निर्माणको मापदण्डको पूर्णरुपले पालना गरेको पाइदैन। अग्लाभवनहरु ठडिरहेकै देखिन्छन ।
त्यसैगरी गत साल कोरोना महामारी आयो । स्वास्थ्य मापदण्ड पूर्णरूपले पालना गरेनौं । तै धेरैको ज्यान जान पाएको थिएन । यसपालीको कोरोना भाइरस कडा खालको देखिरहेका छौं । यद्यपी मानिसहरु स्वास्थ्य मापदण्ड पूर्णरूपले पालना गरेको पाइदैन ।

(ङ) बच्ने उपाय ः
ख्याल ख्याल गर्दा परिणाम थप जटिल बन्न सक्छ । गतसाल सचेत बन्दा बन्दै पनि अरुका कारणले हामीलाई रोग सरयो । सास्ति कति खेप्नु पर्यो भन्ने कुरा भोग्नेलाई थाहा हुन्छ । लापरबाहीले महामारी झन् फैलिन सक्छ । केही विकसित देशहरुले कोरोना विरुद्द खोप (भ्याक्सिन) बनाएका छन् । यद्यपी ती भ्याक्सिनहरुले पनि शत प्रतिशत रोगबाट बचाउन सकिन्छ भन्ने ठोकुवा गर्न सकेको अवस्था छैन । हाम्रो हैसियत हामीले नैबुझौं । अरुले बनाएको भ्याक्सिन अहिलेसम्म ल्याउन सकिरहेको छैन । भ्याक्सिन ल्याउन कति कठीन रहेछ ? त्यो पनि देखेकै कुरा हो । भ्याक्सिन ल्याएर खोप लाउनु अघि नै महामारीले हामी सबैको प्राण लिए के गर्ने ? यसरी पनि सोचौं । अहिले हामीले गर्न सक्ने भनेको कानून र स्वास्थ्य मापदण्डको पूर्ण रुपले पालना गर्ने हो । हामी आफैं सचेत बन्ने हो । सचेत बन्नै पर्छ । गत सालको महामारीबाट चेत्ने हो । चेत्नुपर्छ । सजगता अपनाउनुपर्छ । पाठ सिक्ने हो पाठ सिक्नै पर्छ । यो भन्दा उपाय हामीसंग छैन ।


त्यसैले,
“सबैजना सचेत बनौं
कानून र स्वास्थ्य मापदण्ड पालना गरौं
कोरोनाबाट बचौं ।”


प्रतिक्रिया दिनुहोस्