शनिबार थप ८२८७ जनामा कोरोना, ३३७० निको भए

कठमाडौं । शनिबार थप ८ हजार २ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जम्मा कोरोना संक्रमितको संख्या ३ लाख ८५ हजार ८ सय ९० पुगेको छ ।१७ हजार ३१५ नमुनाको पीसीआर टेष्ट गर्दा ८२८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
वितेको २४ घण्टामा देशभर थप ५३ जनाको ज्यान गएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ६ सय ३२ पुगेको छ ।
त्यस्तै वितेको २४ घण्टामा थप ३ हजारर ३ सय ७० जना निको भएका छन । यो संगै कोरोना निको हुनेको संख्या २ लाख ९८ हजार ७ सय ६५ पुगेको छ ।
हाल देशभर ३ हजार ९३ जना आईसोलेसनमा रहेका छन भने ३ सय ९ जना क्वारेन्टीनमा रहेका छन ।
