राधी विद्युत कम्पनीले नाफा ६ करोड कमायो, प्रतिशेयर आम्दानि कति ?

काठमाडौं । राधी विद्युत कम्पनीले ६ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनिले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनिले गत वर्षको तुलनामा ९.१८% ले बढ्को छ । गएको वर्ष कम्पनिले ५ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनिको नाफा बढेपनि बिजुली बिक्रीबाट हुने आम्दानी भने १२ करोड १६ लाख रुपैयाँबाट घटेर ११ करोड ४७ लाख रुपैयाँमा झरेको छ ।
कम्पनिको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६३ पैसा (वार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ८५ पैसा पुगेको छ ।
त्यसैगरी कम्पनिका अन्य स्रोतबाट गर्ने आम्दानी भने २ लाख ७२ हजार रुपैयाँबाट बढाएर २५ लाख ४७ हजार रुपैयाँ पुर्याएको छ ।कम्पनिको चुक्ता पुँजी ४७ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।