एचआईडिसिएलको नाफा २० प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी एचआईडिसिएलको नाफा २० प्रतिशतले घटेको छ । कम्पनिले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वितिय विवरण्ज अनुसार चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा कम्पनिले ६३ करो्ड ८९ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनिले ८० करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो गत वषैको तुलनामा २०.९४ प्रतिशतले घटेको हो ।
हाल कम्पनीको लगानी ४५ प्रतिशतले उकालो लागेर १ अर्ब १४ करोड रुपैयाँ पुगेको छ भने बैंक डिपोजिट भने ९ प्रतिशतले घटेको छ । कम्पनीको जगेडा कोषमा ५ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।त्यस्तै कम्पनिको चुक्ता पूँजी ११ अर्ब रुपैयाँ पुगेको छ ।
त्यसैगरी कम्पनिको प्रतिशेय आम्दानी पनि ६ रुपैयाँ ५३ पैसाबाट घटेर ५ रुपैयाँ १६ पैसामा झरेको छ । त्यसैगरी कम्पनिको ग्राकबाट हुने आम्दानी भने २१ प्रतिशतले घटेर ९९ करोड ९० लाख रुपैयाँमा आइपुगेको छ । गत वर्ष यस्तो आम्दानी १ अर्ब २६ करोेड रुपैयाँ रहेको थियो ।