राष्ट्रिय वाणिज्य बैंकलाई २.५ अर्बको ऋणपत्र निष्कासन गर्न अनुमति, ब्याज कति छ ? « Arthapath.com
२७ बैशाख २०७८, सोमबार

राष्ट्रिय वाणिज्य बैंकलाई २.५ अर्बको ऋणपत्र निष्कासन गर्न अनुमति, ब्याज कति छ ?



काठमाडौं । नेपाल धितोपत्र बोर्डले राष्ट्रिय वाणिज्य बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न गत वैशाख २२ गते राष्ट्रिय वाणिज्य बैंकलाई अनुमति दिएको हो । बैंकले ‘८.५५ आरबीबीएल डिबेन्चेर–२०८३’ नामक ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको हो ।

राष्ट्रिय वाणिज्य बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ ऋणपत्र निष्कासन गर्ने छ । जसमा १५ लाख इकाइ व्यक्तिगत र बाँकी १० लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिनेछ । यो ऋणपत्र ६ वर्ष अवधिको हुनेछ । लगानीकर्ताहरुले वार्षिक ८.५ प्रतिशत ब्याज पाउनेछन् । ब्याजको भुक्तानी भने अर्धवार्षिक रुपमा हुनेछ ।

राष्ट्रिय बणिज्य बैंकले गत पुस १२ गते ऋणपत्र निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको थियो । यो ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्