नेप्सेमा एकैदिन २ करोड १३ लाख बढी कित्ता सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विभिन्न बैंक तथा वित्तीय संस्थाको २ करोड १३ लाख ११ हजार ८७९.७९ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
प्राइम कमर्सियल बैंकको २ करोड ९ लाख ७७ हजार ८७४.२५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । त्यस्तै, सहारा विकास बैंकको १ लाख ६७ हजार ८८८.०४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । त्यस्तै, गणपति माइक्रोफाइनान्सको पनि १ लाख ६६ हजार ११७.५० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।