लगातार करेक्सन हुँदै आएको नेप्से सोमबार २७.४१ अंकले बढ्यो, ४ अर्ब २० करोड रुपैयाँको कारोबार

काठमाडौं । सोमबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक २७.४१ अंकले बढेर २६४५.८४ को अंकमा बन्द भएको छ । लगातार करेक्सन हुँदै गएको नेप्से सोमबार भने हरियाली छाएको हो । सोमबार सबै सूचकहरुमा हरियाली छाएको हो ।
सोमबार २१८ वटा कम्पनीको ७५ लाख ७९ हजार ३ कित्ता शेयर ७५ लाख ७९ हजार पटक किनबेच हुँदा ४ अर्ब २० करोड ३८ लाख २० हजार रुपैयाँको कारोबार भएको छ ।

सोमबार सर्वाधिक नेपाल पुनर्बीमा कम्पनीको २७ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको १९ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरधनीले सबैभन्दा धेरै प्रतिशतका दरले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै विशाल बजार कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका छन् ।

सबैभन्दा धेरै निर्जीवन बीमा समूहको ३४६.०३ अंकले बढेको छ । त्यस्तै,जीवन बीमा समूहको १३७.८३ अंकले बढेको छ ।