सोमबार १३९ जनाको ज्यान गयो, ४००७ जना संक्रमणमुक्त भए « Arthapath.com
२७ बैशाख २०७८, सोमबार

सोमबार १३९ जनाको ज्यान गयो, ४००७ जना संक्रमणमुक्त भए



काठमाडौं । सोमबार थप ९ हजार १ सय २७ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै हालसम्म कोरोना संक्रमण हुनेको संख्या ४ लाख ३ हजार ७ सय ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा १७ हजार ६२३ जना पीसीआर परीक्षण र ७८८ जनाको एन्टिजेन परीक्षणमा थप ९ हजार १ सय २७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आज एकैदिन कोरोना भाइरस संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ । नेपाली सेनाले व्यवस्थापन गरेको शवको तथ्यांकका आधारमा १३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४००७ जना संक्रमणमुक्त भएका छन् । यो संगै कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख ६ हजार ७ सय ९४ पुगेको छ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् । ६७१५ जना संस्थागत आइसोलेसनमा र ५६ हजार ४२६ जना होम आइसोलेसनमा रहेका छन् । हाल आईसीयूमा ९१० जना र २९५ जना भेन्टिलेटरमा उपचाररत छन् ।


प्रतिक्रिया दिनुहोस्