एभरेष्ट इन्स्योरेन्सको ८.४२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Arthapath.com
२८ बैशाख २०७८, मंगलवार

एभरेष्ट इन्स्योरेन्सको ८.४२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको ८.४२ प्रतिशत लाभांश सुरक्षित गर्ने मंगलबार (वैशाख २८ गते) अन्तिम दिन हो । कम्पनीले जेठ १० गते बस्ने वार्षिक साधारण सभा बोलाएको छ । साधारणसभा प्रयोजनार्थ बुधबार (वैशाख २९ गते) बुक क्लोज गर्ने भएकाले मंगलबारसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश सुरक्षित गर्न सक्नेछन् ।

सभामा ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।

एभरेष्टले २६ औं वार्षिक साधारण सभा कम्पनीको प्रधान कार्यालय हात्तिसार, काठमाडौंमा दिउँसो २ बजेदेखि भिडियो कन्फरेन्समार्फत सुरु हुनेछ । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने बारे सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि छ । साथै, आर्थिक वर्ष २०७७–७८ को लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ ।


प्रतिक्रिया दिनुहोस्