महिला सहयात्रा सबै सूचकमा चम्कियो, नाफामा ८५४.९१ प्रतिशतले छलाङ

काठमाडौं । महिला सहयात्रा लघुवित्तको नाफा ८५४.९१ प्रतिशले बढेको छ । कम्पनिले चालु आर्थिक वर्षको चैत मसान्त्सम आइपुग्दा ४ करोड ३९ लाख ४५ हजार रुपैयाँ खार्जन गरेको छ । गत वर्षको सोहि अवधिमा कम्पनिले ४६ लाख २ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । यो गत वर्षको तुलनामा ८५४.९१ प्रतिशले बढेको हो ।
लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण अनुसार नाफा संगै कम्पनिको खुद ब्याज आम्दानी पनि ६३.७२% ले उकालो लागेर १० करोड १४ लाख ४७ हजार रुपैयाँ पुगेको छ ।
गएको वर्ष कम्पनिले यसैअवधिमा ६ करोड १९ लाख ६० हजार रुपैयाँ खुद ब्याज कमाएको थियो । त्यसैगरी यस वर्ष कम्पनिले ६ करोड १३ लाख २८ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । गएको वर्ष ६५ लाख ५७ हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेको थियो ।
त्यसैगरी कम्पनिको चुक्ता पुँजी १३ करोड ३१ लाख रुपैयाँ र जगेडा कोषमा ७ करोड ६० लाख ७९ हजार रुपैयाँ छ ।प्रतिसेयर आम्दानी वार्षिक ४४ रुपैयाँ ०२ पैसा र प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ९६ पैसा पुगेको छ ।