चीनले अनुदानमा दिएको अक्सिजन सिलिण्डरसहितको स्वास्थ्य सामग्री आज काठमाडौं आइपुग्ने « Arthapath.com
२८ बैशाख २०७८, मंगलवार

चीनले अनुदानमा दिएको अक्सिजन सिलिण्डरसहितको स्वास्थ्य सामग्री आज काठमाडौं आइपुग्ने



कठमाडौं । हाल देशभर महामारीको रुपमा फैलिरहेको दोस्रो लहरको कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि चीनले अनुदानस्वरूप दिन लागेको अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री चिन सरकारले बेइजिङमा नेपाललाई हस्तान्तरण गरेको छ । उक्त सामग्री आज काठमाडो आइपुग्ने छ ।

उक्त स्वास्थ्य सामग्री लिन नेपाल वायुसेवा निगमको फ्लाइट नं।=आरए–४२५१ को वाइडबडी जहाज चीनको राजधानी बेइजिङ पुगेको छ । परराष्ट्र मन्त्रालयका अनुसार जहाजले पहिलो खेपमा चार सयवटा सिलिन्डर ल्याउने छ  । चिनले नेपाललाई २० हजार अक्सिजन सिलिन्डर दिने घोषणा गरेको छ ।

चीनले अनुदानस्वरूप दिन लागेको भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री स्थलमार्गबाट अबको पाँच दिनभित्र तातोपानी नाका आइपुग्नेपरराष्ट्र मन्त्रालयका सहसचिव तथा प्रवक्ता सेवा लम्सालले जानकारी दिएका छन ।

त्यसैगरी स्थलमार्गबाट ४० थान भेन्टिलेटर, २० थान अटोमेटेड एनालाइजर, १० थान डीआर मेसिन, २० थान पोर्टेबल अल्ट्रासाउन्ड र ३० थान एनेस्थेसिया मेसिनलगायतका स्वास्थ्य सामग्री नेपाल ल्याइने छ ।


प्रतिक्रिया दिनुहोस्