एनआइसीको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तकोे सेयरमा आवेदन दिने आज अन्तिम दिन, क-कसले पाउछन आवेदन दिन ?

काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको संस्थापक सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन हो । बैंकले बैशाख २२ गतेबाट ४ लाख ५८ हजार २५५ कित्ता संस्थापक सेयर सेयर विक्री खुल्ला गरेको थियो ।उक्त् सेयरमा आज कार्यालय सम्मसम्म आवेदा दिन सकिन्छ ।
उक्त शेयरमा न्यूनतम ४०८ रुपैयाँ भाउ राखेर वा सो भन्दा बढि मुल्य राखेर आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको संस्थापक सेयर खरिदका लागि हाल रहेका संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० कित्ता अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् ।
आवेदन दिन इच्छुकले उक्त शेयरको लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सक्नेछन ।