मंगलबार सुन तोलामा ३ सयले बढ्यो, तोलामा ९२ हजार माथि « Arthapath.com
२८ बैशाख २०७८, मंगलवार

मंगलबार सुन तोलामा ३ सयले बढ्यो, तोलामा ९२ हजार माथि



काठमाडौं । मंगलबार सुन निरन्तर बढेको छ । आज सुन तोलामा ३ सयले बढेर प्रतितोला सुन ९२ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तैगरी आज तेजाबी सुन ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी आज सुन निरन्तर बढेपनि चाँदीको भाउ भने घटेको छ ।महासंघका अनुसार आज चाँदी तोलामा १५ रुपैँयाले घटेर तोलामा १ हजार ३ सय ४५ रुपैँयामा कारोबार भइरहेको छ ।

त्यसैगरी हिजो सोमबार सुनको मूल्य तोलामा २ सयले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार आज छापावाला सुन प्रतितोला २ सयले बढेर ९२ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुन पनि बढेर प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै हिजो चाँदी तोलामा १५ रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार ३६० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यसैगरी आइतबार सुन तोलामा १०० रुपैयाँले बढ्दा प्रतितोला ९१ हजार ८०० रुपैयाँ मा कारोबार भएको थियो । चाँदीको भाउ भने घटेर प्रतितोला एक हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्