चीनले अनुदानमा दिएको ४ सय थान अक्सिजन सिलिन्डर आइपुग्यो « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

चीनले अनुदानमा दिएको ४ सय थान अक्सिजन सिलिन्डर आइपुग्यो



काठमाडौँ । कोरोना महामारीको दोस्रो लहर बढिरहेको बेला चीन सरकारले अनुदानमा उपलब्ध गराउने भनेको २० हजारमध्ये चार सय थान अक्सिजन सिलिन्डर काठमाडौं आइपुगेको छ ।

आज वाइड बडी ए३३० विमानले चार सय थान अक्सजिन सिलिन्डर चीनबाट नेपाल ल्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

चिनबाट विमानले आज अक्सिजन सिलिण्डरका साथै १६० अक्सिजन कन्सर्नटेटर, १० थान भेन्टीलेटर गरि करिब ३० टन सामान ल्याएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बाँकी सिलिन्डर क्रमशः ल्याइने मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्