नेप्सेमा ३ लाख २५ हजार कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । इन्फिनिटी लघुवित्तको सेयरधनीहरुलाई वितरण गरेको १४.२५ प्रतिशत अर्थात ३ लाख २५ हजार ९९.५० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र बाँकी ०.७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गरेको हो ।