मंगलबार नेप्से २७.४७ अंकले बढ्यो, ६ अर्ब रुपैयाँको कारोबार « Arthapath.com
२८ बैशाख २०७८, मंगलवार

मंगलबार नेप्से २७.४७ अंकले बढ्यो, ६ अर्ब रुपैयाँको कारोबार



काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.४७ अंकले बढेर २६७३.३१ अंकमा बन्द भएको छ । यस दिन सेन्सेटिभ इन्डेक्स पनि ३.१२ अंकले बढेर ४७८.२४ को विन्दुमा पुगेको छ ।

मंगलबार नेप्सेका सबै समूहमा हरियाली छाएको छ । आज जीवन बीमा समूह सर्वाधिक २६७.१८ अंकले बढेको छ । व्यापार समूह २२१.६७ अंक, बैंकिङ समूहमा ३.३८ अंक, होटेल तथा पर्यटन समूहमा २३.१९ अंक, विकास बैंक समूहमा १५.२३ अंक, जलविद्युत समूहमा २१.०७ अंक, वित्त समूहमा १७.४९ अंक, निर्जीवन बीमा समूहमा १७६.४८ अंक, उत्पादन तथा प्रशोधन समूहमा १३९.७ अंक, अन्य समूहमा ५३.१३ अंक, लघुवित्त समूहमा ६५.१२ अंक, म्युचुअल फन्ड समूहमा ०.१८ अंक र लगानी समूहमा १.४९ अंकले बढेको छ । मंगलबार कुैपनि समूह घटेको छैन ।

नेप्सेमा सूचीकृतमध्ये आज २२० कम्पनीको १ करोड ८ लाख १९ हजार ५३५ कित्ता सेयर ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार ७१ रुपैयाँमा किनबेच भएका छन् ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ७६ करोड ६५ लाख रुपैयाँ बढीको कारोबार भएको छ । आज ४ वटा कम्पनीका सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । बोटलर्स नेपाल (तराई) को सेयरमूल्यमा १० प्रतिशत तथा रु रु जलविद्युत, युनाइटेड मोदी हाइड्रोपावर र गुह्वेश्वरी मर्चेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशतले बढेको छ । समता घरेलु लघुवित्तको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ । यो दिन विशाल बजार कम्पनीको १० प्रतिशतले घटेको छ ।


प्रतिक्रिया दिनुहोस्